Sajhamanch Archive

कोरोना भाइरस विरुद्ध चीनको खोप प्रभावकारी भएको ब्राजिलको निष्कर्ष

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । ब्राजिलले कोरोना भाइरसविरुद्ध चीनमा विकास गरिएको खोप प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ ।

ब्राजिलको नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको हो ।

साओ पाउलोको गभर्नर जोआओ डोरियाले संघीय सरकारले ४ करोड ६० लाख डोज खोप किन्न सहमति जनाएको बताए । उनले खोपको कार्यक्रम आगामी वर्षको शुरुमा हुने छ । ब्राजिलमा पनि चिनियाँ खोपको परीक्षण भइरहेको छ ।

ब्राजिल कोराना महामारीबाट नराम्ररी प्रभावित मुलुकहरुमध्ये एक हो । ब्राजिलले चीनको खोप प्रभावकारी देखिएको यसअघि नै बताइसकेको छ । हालसम्म ५३ लाख मानिस संक्रमित रहेको ब्राजिलमा डेढ लाख भन्दा बढीको कोरोना कारण मृत्यु भएको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *