Sajhamanch Archive

कमल गाउँपालिकाको सिम्लेमा अवस्थित वन अतिक्रमणको चपेटामा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ५ मा सिम्लेमा रहेको वन दिनानुदिन अतिक्रमणको चपेटामा परेको छ ।

गाउँपालिकाको वडा नम्वर ५ सिम्लेमा रहेको सार्वजनानिक वन यतिवेला स्थानिय बासीकै कारण अतिक्रमणमा पर्न थालेकोे गाउँपालिकाले जनाएको छ ।

पछिल्लो समय वन संरक्षण गर्न गठीत समितिले वन संरक्षण गर्न नसक्ने भन्दै जिल्ला समन्वय समिती झापा र कमल गाउँपालिकामा समिति खारिजीका लागी निवेदन दिएसँगै सो क्षेत्रका स्थानिय वासीले रातारात वन फाड्न थालेको गाउँपालिकाकाले जनाएको छ ।

करिव डेढ दशक अगाडी रतुवा खोलामा आएको वाढीलाई रोक्नकालागी तत्कालिन जिल्ला विकास समितीले जलश्रोत ऐन अनुसार सार्वजनिक जग्गामा रतुवा चिस्यानी वाढी पीडित सेवा प्रकोप व्यवस्थापन समितीको नामबाट सो वनको स्थापना गरिएको भएपनि पछिल्लो समय सो समिति खारेज गरेर वनको संरक्षण गर्ने जिम्मा कमल गाउँपालिकालाई दिएको थियो ।

जङ्गल अतिक्रमणमा परेको सुचना पाएपछि सुरक्षार्मीसहित गाउँपालिकाको टोली फडानी गरेको स्थलमा पुगेको थियो । वन क्षेत्रमा रहेका १ सय ९२ वटा रुख काटिएको गाउँपालिकाले जनाएको छ । काटिएका रुखको मूल्य ६ लाख ८० हजार रुपैया भन्दा बढी रकम रहेको सहायक वन अधिकृत एकराज दाहालले जानकारी दिए ।

पछिल्लो समय सामुदायिक वनको संरक्षण गर्ने जिम्मा स्थानिय पालिकालाई जिम्मा दिएपछि वनको संरक्षणगर्ने वडा नम्वर ५ का वडा अध्यक्ष डम्वर बहादुर निरौलाको अध्यक्षतामा समिति गठन गरिसकेको र अव तुरुन्तै वन क्षेत्रलाई घेरावारा गरीने कमल गाउँपालिकाका उपाध्यक्ष वेनु सिवाकोटीले बताए ।

विधुवा रतुवा खोला दोभान देखी चाँजु खोलाको दोभान सम्म ४४ विघा क्षेत्रफलमा फैलिएको वनलाई स्थानिय ४० देखि ५० घर धुरीले वनलाई उपयोग गर्दै आईरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *