Sajhamanch Archive

बिर्तामोडमा कोभिड अस्पताल संचालनमा

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आजबाट कोभिड अस्पताल संचलनमा ल्याएको छ ।

स्थानीय तहले आइसोलेसनसहितको कोभिड अस्पताल संचालन गर्नुपर्ने सरकारको निर्देशन अनुरुप बिर्तामोड नगरपालिकाले कोभिड १९ आइसोलेसन अस्पताल संचालनमा ल्याएको हो ।

नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आज कोभिड अस्पतालको उद्घाटन गरेका हुन् ।

सरकारले स्थानीय तहले न्युनतम ५ देखि १५ वेड सम्मको आइसोलेसन अस्पताल संचालन गर्न दिएको निर्देशन पालना गर्दै नगरपालिकाले ५ वेडको आइसोलेसन अस्पताल संचालनमा ल्याएको नगरस्तरीय कोभिड १९ व्यवस्थापन तथा नियन्त्रण समितिका संयोजक ओम खड्काले जनकारी दिए ।

यस आइसोलेसनमा एक जना डाक्टर र २ जना नर्स चौबीसै घण्टा ड्यूटीमा रहने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *