Sajhamanch Archive

झापाका १३ स्थानीय तहका ६८ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापाका १५ वटा स्थानीय तहमध्ये १३ वटा पालिकामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार झापाका ६८ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि भएकामध्ये २० महिला र ४८ जना पुरुष छन् ।

मेचीनगरका ४ महिला र १० पुरुष छन् । उनीहरु सबै १० नम्बर वडाका स्थानीय बासिन्दा हुन् । बिर्तामोडका संक्रमितमध्ये ३ महिला र १० जना पुरुष छन् । उनीहरु ५, ६, ७ र ८ नम्बर वडाका स्थानीय बासिन्दा हुन् । भद्रपुर नगरपालिकामा १२ जना संक्रमित थपिएका छन् । जसमा ४ महिला र ८ जना पुरुष छन् । उनीहरु ४, ५, ७, ८ र १० नम्बर वडाका रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस्तै, बाह्रदशी गाउँपालिकामा एक महिलासहित ७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ३ र ४ नम्बर वडाका स्थानीय बासिन्दा हुन् । दमक नगरपालिकामा एक महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु पनि स्थानीय बासिन्दा हुन् । गौरादह नगरपालिकामा २ महिला र २ पुरुष, कचनकवल गाउँपालिकामा पनि २ महिला र २ पुरुष, कनकाई नगरपालिका, कमल र बुद्धशान्ति गाउँपालिकामा समान १ महिला र १ पुरुष गरी २-२ जनामा संक्रमण भएको छ ।

यस्तै, शिवसताक्षी नगरपालिका, झापा र हल्दिबारी गाउँपालिकाका एक- एक जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन जीवन चौलागाइँले जानकारी दिए ।

झापामा हालसम्म एक हजार ५१४ जनामा संक्रमण पुष्टि भएको छ भने एक हजार २० जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *