Sajhamanch Archive

आईपीएल : हैदराबादको सानदार जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । आईपीएलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

बिहीबार राति भएको खेलमा हैदरावादले राजस्थानलाई ८ विकेटलले पराजित गरेको हो । राजस्थानले दिएको १५५ रनको सामन्य लक्ष्य पछ्याएको हैदरावादले १८.१ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेट्टाएको हो ।

हैदरावादको जितका लागि मनिस पाण्डेय र विजय शंकरले अर्धशतकीय पारी खेले । पाण्डेय र शंकरले १४० रनको साझेदारी गरे । पाण्डेयले ४७ बलमा ८३ रनको अर्धशतकीय पारी खेलेका हुन् ।

त्यस्तै शंकरले ५१ बलमा ५२ रनको अविजित अर्धशतकीय पारी खेले । यसअघि चार रनमा कप्तान डेभिड वार्नर र १० रनमा जोनी बेयरस्टोलाई गुमाएको थियो । दुबै विकेट जोफ्रा आर्चरले लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन जोडेको थियो । राजस्थानका लागि सन्जु सामसनले सर्वाधिक ३६ रन जोडे । उनले २६ बल खेल्दै ३६ रन जोडेका हुन् । त्यस्तै बेन स्टोक्सले ३२ बलमा ३० रनको योगदान दिए ।

रियान परागले २० रन जोडे । रोविन उथप्पाले १९, कप्तान स्टिभ स्मिथले १९ र जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चरले सात बल खेल्दै १६ रनमा अविजित रहे ।

बलिङतर्फ हैदराबदका जेसन होल्डरले तीन विकेटि लिए । त्यस्तै विजय शंकर र रसिद खानले एक -एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *