आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीलाई कोरोना
Published: (Updated: )
by .विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पीसीआर गर्दा शुक्रबार आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।
सामान्य रुघाखोकीलगायत असर देखिएपछि होम आइसोलेसनमा रहेका कार्कीले बिहीबार विराटनगरमा एउटा निजी क्षेत्रले सञ्चालन गरेको ल्याब उदघाटन गरेका थिए ।
पोजेटिभ देखिएपछि बिराटनगरमा आफ्नै निवासमा आइसोलेसनमा बसेको कार्कीले जानकारी दिए ।
Comments