Sajhamanch Archive

वडाध्यक्ष बराल कोरोनामुक्त

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नविन बराल १८ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

नगरपालिकाका तर्फबाट कोरोना नियन्त्रण अभियानमा संयोजनकारी भूमिका निर्वाह गरिरहेका बरालले पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

उनी कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा थिए । बरालले आफु अस्वस्थ हुँदा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *