Sajhamanch Archive

झापामा थप १६ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिनेमा ३ महिला र १३ पुरुष रहेका छन् ।

बिर्तामोडमा २ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै स्थानीय समुदायका हुन् । त्यस्तै भद्रपुर नगरपालिकामा दुईजना संक्रमित भएका छन् । त्यसमध्ये एकजना झापा कारागारका कैदी रहेका छन् ।

त्यसैगरी मेचीनगरमा दुईजनालाई संक्रमण पुष्टि भएको छ भने अर्जुनधारा, शिवसताक्षी र बाह्रदशीमा एक-एकजना संक्रमित भएका छन् ।

योसँगै झापामा संक्रमितको संख्या १७३० पुगेको छ भने १०९० जना निको भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *