मोरङको श्री माध्यमिक विद्यालयको खानेपानीमा विष, १३ विद्यार्थी बिरामी
Published: (Updated: )
by .उर्लाबारी । मोरङको एक विद्यालयकमा विष मिसाइएको खानेपानीको कारण १३ विद्यार्थी विरामी परेका छन् ।
लेटाङ नगरपालिका –९को श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात समूहले विष हालेको पानी पिएर विद्यार्थी विरामी परेका हुन् ।
खाने पानी ट्यांकीमा साइपर मेथिन नामक औषधि हालिएको सो विद्यालयका प्रधानाध्यापक खेमराज दुलालले बताए ।
बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ ।
विद्यार्थीले विहान ११ बजे पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए । खानेपानी ट्याङ्कीको नजीकै साइपर मेथिन नामक औषधिको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिए ।
घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । सो विद्यालयमा कक्षा १ देखि १२ सम्मका ४९१ विद्यार्थी अध्ययनरत छन् ।
Comments