Sajhamanch Archive

थप १७४१ जनामा कोरोना, ४००५ जना संक्रमणमुक्त

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ जनाको पीसीआर परीक्षणमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोना भाइरस स‌ंक्रमणमुक्त भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *