Sajhamanch Archive

आईपीएल : कोलकाता पन्जाबसँग स्तब्ध

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । क्रिस गेल र मनदीप सिंहको अर्धशतकको मद्दतमा किङ्स इलाभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) मा छैटौं जित निकालेको छ ।

सोमबार सार्जाह क्रिकेट स्टेडियममा भएको खेलमा पन्जाबले कोलकाता नाइटराइडर्सलाई ८ विकेटले पराजित गर्दै सिजनको छैटौं जित निकालेको हो ।

कोलकाताले दिएको १५० रनको लक्ष्य पछ्याएको पन्जाबले १८.५ ओभरमा मत्र दुई विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । पन्जाबका लागि गेल र सिंहले सय रनको साझेदारी गरेका हुन् ।  गेलले २९ बलमा ५१ रनको अर्धशकती पारी खेलेका हुन् । त्यस्तै कप्तान केएल राहुलले २८ रनको योगदान दिए । उनले २५ बलमा २८ रन जोडेका हुन् । मन्दीप सिंहले ५६ बलमा ६६ रनको अविजित पारी खेलेका हुन् । निकोलस पूरन २ रनमा अविजित रहे ।

कोलकाताका लागि भरुन चक्रवर्ती र फोर्गेन्सनले एक-एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निकै नै खराब सुरुवात गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन जोडेको थियो । कोलकाताले सुरुवाती दुई ओभरमा टोलीको मात्र १० रन हुँदा तीन विकेट गुमाएको थियो ।

पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान नितिस राना शुन्य रनमा ग्लेन म्याक्सवेलको बलमा क्रिस गेलको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किदा दोस्रो विकेटको रुपमा ७ रनमो खेलीरहेका राहुल त्रिपाठी आउट भएका थिए । उनी मोहम्मद सामीले गरेको दोस्रो ओभरको चौथो बलमा कप्तान केएल राहुलको हातबाट क्याच आउट हुन पुगेका थिए ।

त्यस्तै तेस्रो विकेटको रुपमा विकेटकीपर ब्याट्सम्यान दिनेश कार्तिक सामीले गरेको दोस्रो ओभरको अन्तिम बलमा कप्तान राहुलको हातबाट क्याच आउट हुँदै शन्य रनमा पेभिलियन फर्किए । त्यसपछि मैदानमा आएको कप्तान इयोन मोर्गन र गिलले कोलकाताको पारी सम्होलेका थिए ।

तर, ४० रनमा खेली रहेका मोर्गन रभि विस्नोईले गरेको बलमा क्याच आउट हुन पुगे । उनले २५ बलमा ४० रनको योगदन दिएका थिए । त्यस्तै गिलले ५७ रनको अर्धशतकीय पारी खेले । उनले ४५ बलमा ५७ रनको अर्धशकीय पारी खेलेका थिए । फेर्गुसनले २४ रनको अविजित पारी खेल्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् ।

पन्जाबका लागि मोहम्मद सामीले तीन विकेट लिए । त्यस्तै रभी विस्नोई र क्रिस जोर्डनले दुई-दुई तथा मुरुगन आश्विन र ग्लेन म्याक्सवेलले एक- एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *