Sajhamanch Archive

टीकाको दोस्रो दिन : टीका र जमरा लगाउने क्रम आज पनि जारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । टीकाको आज दोश्रो दिन ! आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ।

कोरोना महामारीका कारण विगत वर्षहरुमा जस्तै ठूलो जमघट र भेटघाट नभए पनि मान्यजनहरुबाट टिका थाप्नेको चहलपहल सामान्य देखिएको छ।महामारीका कारण तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी परम्परा मान्नु पर्ने बाध्यता आम नागरिकको छ।

विजया दशमीका दिन हिजो नागरिकहरुले सामान्य जमघट गरी टिका लगाए । दशमीको दिनदेखि शुरु भएको टिका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ । अधिकांश ठाउँमा दशैँको मुख्य दिन टिका लगाउन नपाएकाहरू आज टीका थाप्न आफन्तकोमा जाने प्रचलन छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *