Sajhamanch Archive

कोरोना संकटमा १ लाख बढी नेपाली स्वदेश फर्किए

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by .

काठमाडौं । कोरोना सुरु भएयता विदेशबाट एक लाख २२ हजार ५३६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबारसम्म विभिन्‍न ३२ मुलुकबाट नेपाली स्वदेश फर्किएका हुन् ।

कोभिड १९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्‍यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । उडान स्थगन गरेको करीब ५ महिना पछि सरकारले भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्‍चालनको अनुमति दिएको थियो ।

यस्तै हिजो सोमबार कतारबाट ३७४ जना, यूएईबाट १ सय ३४ जना, साउदीबाट १ सय ६३ जना स्वदेश आइपुगेका छन् । तथ्याङ्‍कअनुसार कोरोना महामारीपछि सबैभन्दा धेरै यूएईबाट ३५ हजार चार सय १७ जना स्वदेश फर्किएका छन् । त्यसपछि कतारबाट २२ हजार ५ सय ९४, मलेसियाबाट १७ हजार ९ सय २४ जना र साउदी अरेबियाबाट १७ हजार १ सय ६० जना स्वदेश फर्किएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *