Sajhamanch Archive

कोरोना नियन्त्रणका लागि प्रतिबन्धात्मक नियमहरु लागु गरेपछि इटालीमा हिंसात्मक प्रदर्शन

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । इटालीमा कोरोना भाइरसको संक्रमण फेरि बढ्दै गएपछि नियन्त्रणका लागि प्रतिबन्धात्मक नियमहरु लागु गरेपछि हिंसात्मक प्रदर्शनहरु भएका छन् ।

इटालीका विभिन्‍न सहरमा सोमबार हिंसात्मक प्रदर्शनहरु भएका छन् । इटालिको सहर तुरिनमा अधिकारीहरुमाथि पेट्रोल बम प्रहार गरिएको छ । मिलानमा प्रदर्शनकारीहरुलाई तितरवितर गर्नका लागि अश्रु ग्यास प्रहार गरिएको छ । त्यसैगरी नापल्समामा पनि हिंसात्मक प्रदर्शनहरु भएका छन् ।

अधिंकाश क्षेत्रमा रात्रिकालीन समयमा कर्फ्यु जारी गरिएको छ । मिलान, लोमबार्डी, तुरिनलगायतका क्षेत्रमा रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । इटाली सरकारले रेस्टुरेन्ट, बार, जिम र सनेमा हलहरु पनि बन्द गर्न आदेश दिएपछि हिंसात्मक प्रदर्शनहरु भएका हुन् ।

यसअघि पहिलो चरणको कोरोना संक्रमणका समयमा जारी गरिएको देशव्यापी लकडाउन गर्दा पनि शान्तिपूर्ण भए पनि यसपटक विभिन्‍न प्रतिबन्धहरु जारी गर्दा हिंसात्मक प्रदर्शनहरु गरेका छन् ।

त्यसैगरी राजधानी रोम, जिनोआ, पलेर्मो र तिर्स्तेलगायतका दर्जनौं सहरमा प्रदर्शनहरु भएका छन् । केही साना व्यवसायीहरुले पहिलो चरणको लकडाउनबाट ठूलो क्षति भएको र अहिले उक्त क्षतिबाट तंग्रिने प्रयास भइरहेकोले प्रतिबन्धात्मक नियमहरु जारी गर्दा टाट पल्टिने भन्दै विरोध गरेका छन् ।

मिलानमा उपस्थित प्रदर्शनकारीहरुले ‘फ्रिडम, फ्रिडम, फ्रिडम !’ भन्दै नाराबाजी लगाएका थिए । इटाली सरकारले २४ नोभेम्बरसम्मका लागि प्रतिबन्धातम्क नियमहरु लागु गरिएका छन् । त्यसैगरी कक्षा सञ्‍चालन गर्नुपर्ने मागसहित विभिन्‍न विद्यालय र विश्वविद्यालयमा पनि प्रदर्शनहरु भएका छन् ।

बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *