Sajhamanch Archive

नगर प्रमुख आचार्यलाई थप उपचारका लागि सिलगुडी लगियो

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । कोरोना संक्रमण भएपछि विराटनगरमा उपचार गराइरहेका मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलाई थप उपचारका लागि आज सिलगुडी लगिएको छ ।

 कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी दुई सातादेखि विराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराइरहेका थिए । मधुमेहका बिरामी समेत रहेका आचार्यको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि भारतको सिलिगुडी लगिएको जनाइएको छ ।

नगर प्रमुख आचार्यका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थप उपचारका लागि उनलाई भारतको सिलगुडी लगिएको जानकारी दिएका हुन् ।

तर, उप्रेतीले आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । आज साँझ विराटनगरबाट काँकरभिट्टा ल्याइएका आचार्यलाई एम्बुलेन्स चढाएर सिलिगुडी लगिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *