Sajhamanch Archive

वागमती प्रदेश प्रमुख प्रसाईंलाई कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, स्वास्थ्य by .

मेचीनगर । बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईंलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दशै मनाउन झापाको मेचीनगरस्थित धाइजन घरमा आएका प्रदेश प्रमुख प्रसाईंमा कोरोनाको सामान्य लक्षण देखिएको छ ।

विगत पाँच दिनदेखि जीउ दुख्ने, पसिना आउने लगायतका सामान्य लक्षण देखिए पनि ज्वरो र खोकीको समस्या नरहेको प्रदेश प्रमुख प्रसाईले बताए ।

मंगलवार उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य अवस्था सामान्य रहेका प्रसाई मेचीनगरस्थित घरमा आराम गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *