Sajhamanch Archive

झापामा कोरोनाबाट थप एकजनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड  । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.६ काँकरभिट्टाकी ७९ वर्षिया बृद्धा रहेकी छन् । उनको आज बिहान उपचारको क्रममा बिएण्डसी हस्पिटलमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

एक सातादेखि विरामी भएर बिर्ता सिटी हस्पिटलमा भर्ना भएकी ती बृद्धाको अबस्था गंभीर बनेपछि बिएण्डसी हस्पिटल लगिएको थियो । उनको पिसिआर परीक्षण विराटनगरको नोवेल हस्पिटलमा गरिएको र त्यही नै रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *