Sajhamanch Archive

सांसद लिङ्देनले अस्पतालहरूको अनुगमन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । आकस्मिक तथा दीर्घ रोगीहरुले अस्पतालमा भर्ना र उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद राजेन्द्र लिङ्देनले झापाका अस्पतालको अनुगमन गर्ने भएका छन् ।

कोरोना भाइरसको बहानामा पहुँचमा नहुने रोगीहरुले दुख पाइरहेको भन्दै सांसद लिङ्देनले अस्पतालको अनुगमन गर्ने जनाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद लिङ्देनले कात्तिक १३ गतेबाट अनुगमन सुरु गर्ने जनाएका छन्।

‘एक सचेत नागरिक र प्रतिनिधि दुवैका हिसाबले कात्तिक १३ गतेबाट झापाका मुख्य अस्पतालहरुमा अनुगमन गर्ने अठोट गरेको छु’, सांसद लिङदनले आफ्नो फेसबुक स्टाटसमा भनेका छन् ।

जनताको चरम् दुःखमा पनि मूकदर्शक भएर बस्नुपर्दा आफुलाई असाध्यै पीडाबोध भएको सांसद लिङदेनले बताए । यस विषयमा गम्भीर हुन उनले सरकार, स्थानीय प्रशासन, नागरिक समाज र सञ्चारकर्मीको पनि ध्यानाकर्षण गराएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *