Sajhamanch Archive

युरोपमा फेरी बढ्यो संक्रमण, फ्रान्समा लकडाउन, जर्मनीमा प्रतिबन्ध

Published: in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना महामारीको सुरुवाती अवस्थामा प्रभावित बनेको युरोपमा पून कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण बढन थालेसँगै युरोपका देशहरुले कडाई गर्न थालेको हुन् ।

वल्डो मिटरको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा युरोपमा दुई लाख ४५ हजार कोरोना संक्रमित थपिएका छन् । सबै भन्दा बढी फ्रान्समा संक्रमण देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ३६ हजार कोरोना संक्रमित थपिएका छन् ।

कोरोना महामारीको सुरुवाती अवस्थामा फ्रान्स, इटाली, स्पेन, बेलायतलगायत देशहरु बढी प्रभावित भएको थियो । पछिल्लो समय ती देशहरुमा पून संक्रमण तिब्रगतिमा बढ्दो छ । पून बढेको संक्रमण दरलाई कोरोनाको दोस्रो चरण भनिएको छ ।

वल्डो मिटरको तथ्याङक अनुसार फ्रान्समा १२ लाख ३५ हजार कोरोना संक्रमित छन् । ती मध्ये ३५ हजारको मृत्यु भएको छ ।

स्पेनमा ११लाख ९४ हजार, बेलायतमा ९ लाख ४२ हजार, इटालीमा ५ लाख ८९ हजार र जर्मनीमा ४ लाख ७९ हजार कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा स्पेनमा १९ हजार, बेलायत र इटालीमा २४ हजार, जर्मनीमा १६ हजार कोरोना संक्रमित थपिएका थिए ।

फ्रान्समा लकडाउन, जर्मनीमा प्रतिबन्ध
कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै फ्रान्स र जर्मनीले सतर्कता उच्च बनाएका छन् ।

फ्रान्सले पून लकडाउन गरेको छ । बिहीबार रातिदेखि नै लागू हुने गरी मुलुकभरि लकडाउनको घोषणा गरेको हो ।

जर्मनीले पुन, लकडाउनतिर फर्कँदै सोमबारदेखि लागू हुने गरी रेष्टुरा तथा बारहरु बन्द गर्ने निर्णय गरेको छ ।

यस अघि युरोपका मुलुकहरुले विभिन्न किसिमका प्रतिबन्ध लगाएका थिए । तर संक्रमणलाई रोक्न र कम नभएपछि कडाई गर्न थालेका हुन ।

टेलिभिजनबाट सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनले मुलुकभरि बढ्दै गइरहेको संक्रमण र अस्पतालका सीमित क्षमता भएका कारण लकडाउनको बिकल्प नभएको बताएका छन् ।

लकडाउनको घोषणासँगै अब फ्रान्समा सबै गैरजरुरी व्यवसायहरु बन्द रहनेछन् । त्यसमा रेष्टुरा, बारहरु समेत पर्नेछन् ।

घरबाहिरका हिँडडुल एवं गतिविधिहरुमा कडाइ गरिएको छ, व्यक्तिगत वा सार्वजनिक जमघटहरुमाथि प्रतिबन्ध लगाइएको छ । फ्रान्सको लकडाउन आगामी डिसेम्बर १ गतेसम्म लागू हुने बताइएको छ ।

जर्मनीका चान्सलर एन्जेला मर्केलले आगामी सोमबारदेखि रेष्टुरा तथा बारहरु बन्द हुने बताइन् । व्यवसायिक खेलहरु रित्तो रंगशालामा खेलाइनुपर्नेछ । नाटकघर, व्यायामशाला तथा कस्मेटिक स्टुडियोहरु बन्द रहनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *