Sajhamanch Archive

र्‍यापर भिटेनलाई खोज्दै प्रहरी

Published: in गीत/संगीत/मनोरञ्जन by .

काठमाडौं । र्‍याप गायक भिटेन (समीर लिम्बु) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ ।

भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यस क्रममा उनले अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेपनि फेरि त्यस्तै गुनासो आएपछि अनुसन्धान गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयको पत्र पाएसँगै साइबर ब्यूरोले भिटेनको खोजी गरेको छ । भिटेनको हालै युट्युबमा सार्वजनिक ‘पारा’ शीर्षकको गीतमा उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अरु अश्लील शब्दसमेत प्रयोग गरेका छन्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *