Sajhamanch Archive

झापामा १० महिलासहित थप ३५ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा झापामा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १० महिला र २५ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार कनकाई नगरपालिकामा ५ जना महिला र १५ जना पुरुष गरी २० जनामा  संक्रमण पुष्टि भएको छ ।

यस्तै, भद्रपुर नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरु ४ महिला र ६ पुरुष छन् ।

त्यस्तै दमक नगरपालिकाका २ जना पुरुष,बिर्तामोडका एक पुरुष, कमलका एक महिला र मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १८८८ पुगेको छ भने कोरोना जितेर १२७४ जना डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *