Sajhamanch Archive

जागिर गुमाएका र बेतलबी बनाइएका पत्रकारहरूलाई वैकल्पिक व्यवस्था गर्न आग्रह

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

आज अर्थ मन्त्रालयमा मन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवी पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनसमेत माग गरेको छ।

सञ्चार गृहहरुलाई पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चार माध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियत पूर्ण ऋण व्यवस्था गर्नुपर्ने र ऐन कार्यान्वनयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगरउन पनि आग्रह गरेको छ।

सुझावपत्र बुझ्दै अर्थमन्त्री पौडेलले महासंघले दिएको सबै सुझावहरु उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालको टीम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताए।

महासंघले दिएका सुझाव सजाउने चिज नभएको उल्लेख गर्दै उनले सबै सुझावहरु एकैपटक लागू गर्न सक्ने अवस्था नभए पनि वर्गीकरण गरी तत्कालीन र दीर्घकालीन रुपमा कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए।

महासंघले दुर्घटना बिमालाई थप विस्तार गरी स्वास्थ्य बिमा र जीवन बिमाको व्यवस्था गर्न पनि अग्रह गरेको छ। महासंघमा सदस्यता नविकरण भएसँगै स्वतः बिमा हुने व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ।

यसैगरी सरकारी अस्पताल र स्वास्थ्यसंस्थाबाट उपलब्ध गराइने भनिएको ५० प्रतिशत छुट लगायतका पूर्व निर्णयहरु पनि कार्यान्वयन गर्न महासंघले आग्रह गरेको छ। पत्रकार कल्याण कोषबाट यहि आर्थिक वर्षदेखि लागु हुनेगरी जेष्ठ पत्रकार जीजिकोपार्जन भत्ता वितरण गर्न पनि महासंघले आग्रह गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *