Sajhamanch Archive

कोरोना संक्रमणबाट विराटनगरमा थप पाँचजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विराटनगरमा थप पाँचजनाको मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोम (विराटनगर अस्पताल)मा दुई, न्युरो अस्पतालमा दुई र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको हो ।

विराट नर्सिङहोममा सुनसरी धरान उपमहानगरपालिका वडा नं.१२ की ७५ वर्षीया महिला र सप्तरीको मौली– ५ का ६० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो । धरानकी वृद्धा महिला ५ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् । उनलाई ९ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यस्तै, सप्तरीका पुरुषमा १२ कात्तिकमा कोरोना पाजेटिभ देखिएको थियो । उनी ११ कात्तिकमा उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ । दुवै जनामा श्वासप्रश्वासको समस्या रहेको अस्पतालले बताएको छ ।

विराटनगरको न्यूरो अस्पतालमा पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । अस्पतालका फोकल पर्सन अजित बस्नेतका अनुसार विराटनगर महानगरपालिका वडा नं.७ की ४५ वर्षीया महिला र विराटनगर ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । विराटनगर महानगरपालिका वडा नं.३ का पुरुषको बिहीबार दिउँसो करिब २ बजे मृत्यु भएको हो भने विराटनगर ७ की महिलाको बुधबार राति मृत्यु भएको थियो ।

३ कात्तिकमा न्युरो भर्ना भएका विराटनगर महानगरपालिका वडा नं.३ का पुरुषमा २९ असोजमा कोरोना पोजेटिभ देखिएको थियो । ७ कात्तिकमा भर्ना भएकी विराटनगर महानगरपालिका वडा नं.७ की महिलामा ६ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा झापाको कनकाई नगरपालिका वडा नं.३ सुरुङगाका ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । बुधबार बेलुका भर्ना भएका पुरुषको बिहीबार बिहानको राति मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

                                                                                                   अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *