Sajhamanch Archive

आईपीएल : कोलकातामाथि चेन्‍नईको रोमाञ्‍चक जित

Published: in खेलकुद by .

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्सले रोमाञ्चक जित निकालेको छ । बिहीबार भएको खेलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले चेन्नईलाई जितका लागि दिएको १७३ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनाउन सफल भयो ।

चेन्नईका लागि ऋतुराज गाइक्वाडले अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ७२ रनको योगदान गरे । त्यस्तै अम्बाती रायडुले ३८ रन बनाउँदा रवेन्द्र जडेजाले ३१ रनको योगदान गरे ।

बलिङतर्फ कोलकाताका लागि प्याट कमिन्स र वरुन चक्रवर्तिले समान दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाउन सफल भएको थियो ।

कोलकाताका लागि नितिश रानाले अर्धशतकीय पारी खेले । ६१ बल खेलेका उनले ८७ रन बनाए । त्यस्तै दिनेश कार्तिकले २१ रन बनाउँदा शुभम गिलले २६ रनको योगदान गरे ।

बलिङतर्फ चेन्नईका लागि लुङ्गी एन्गिडीले दुई विकेट लिए । त्यस्तै मिचेल स्टेनर, रविन्द्र जडेजा र करन शर्माले समान एक–एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *