Sajhamanch Archive

बिपी प्रतिष्ठानमा ८७ जना कोरोना संक्रमितको डाइलासिस

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

सुनसरी । कोरोना संक्रमितको संख्या बढिरहेको समयमा विभिन्न अस्पतालले बिरामीलाई सेवा दिन नसकिरहेको अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न समयमा गरी ८७ जना कोभिड संक्रमितको मिर्गौलाको डायलासिस गरेको छ।

प्रतिष्ठान भित्र रहेको डायलासिस केन्द्रमा संक्रमितलाई लगेर छुट्टै आइसोलेसन कोठा बनाइ संक्रमितको डायलासिस गर्ने व्यवस्था मिलाइ सेवा उपलब्ध गराएको हो।

कोभिड अस्पतालमा ठाउँको अभाव र प्राविधिक सामग्रीको व्यवस्थापनमा कठिनाइ हुने भएकोले पुरानो ठाउँमा लगि डायलासिस गर्ने गर्ने गरेको प्रतिष्ठानका सह-प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए। उनका अनुसार होम आइसोलेसनमा बसेका,विभिन्न आइसोलेसन सेन्टरमा बसेका कोरोना संक्रमितलाई डायलासिस गरिएको छ।

‘नेपाल सरकारको स्वास्थ्य मापदण्डको प्रोटोकलको नियम पालना गरेर डायलासिस गरिएको छ, ‘ सह-प्रवक्ता श्रेष्ठले भने,’ चिकित्सकले सम्पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएका हुन्छन। डायलासिस गर्ने समयमा पिपिई लगाएर र भौतिक दूरी कायम गरी उपचार गर्ने व्यवस्था गरिएको छ।‘

कोभिड अस्पतालमा अहिलेसम्म ९ सय ९९ संक्रमित भर्ना भएका छन् । ८ सय ४३ संक्रमणबाट मुक्त भइ घर गइसकेका छन्। ७८ संक्रमितको मृत्यु भएको छ।

                                                                       थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *