Sajhamanch Archive

पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटालाई कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्काई पिसिआर ल्याब कोटिहोममा गरिएको पिसिआर परीक्षणमा आज अध्यक्ष सापकोटाको रिपोर्ट पोजिटिभ आएको हो ।

केही दिनयता ज्वरो आउने, जिउ र टाउको दुख्ने लगायतका लक्षण देखिएपछि अध्यक्ष सापकोटाले पिसिआर परीक्षण गराएका थिए ।शिवसताक्षी नगरपालिका वडा नं.७ चन्द्रडाँगीस्थित होम आइसोलेशनमा रहेका सापकोटाको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *