Sajhamanch Archive

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका ३, भक्तपुर, काभ्रे र रुपन्देहीका २/२, चितवन, नुवाकोट, धादिङ, रामेछाप, कास्की र स्याङ्जाका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र अस्पतालहरुले जनाएका छन् ।

काठमाडौंकी ८४ वर्षकी महिलाको शुक्रबार मृत्यु भएको छ । निमोनिया भई कात्तिक १० गते अस्पताल भर्ना भएकी उनमा कात्तिक ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलाको बिरामीसमेत थिइन् ।

नागार्जुन काठमाडौंका ६५ वर्षका पुरुषको कात्तिक १३ गते मृत्यु भएको छ । असोज २८ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

जोरपाटी काठमाडौंका ८१ वर्षका पुरुषको कात्तिक ११ गते मृत्यु भएको छ । निमोनिया र मुटुको समस्या भई कात्तिक १० गते अस्पताल भर्ना भएका उनको कात्तिक ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सूर्यविनायक भक्तपुरकी ७७ वर्षकी महिलाको होम आइसोलेसनमा शुक्रबार मृत्यु भएको छ । कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै रहेकी उनमा मधुमेह र मिर्गौलाको समस्या थियो ।

चुनदेवी भक्तपुरका ७९ वर्षका पुरुषको कात्तिक १३ गते मृत्यु भएको छ । मुटुको समस्या भई असोज २४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप र मिर्गौलाको समेत समस्या थियो ।

काभ्रेका पत्रकार ५१ वर्षका विष्णुप्रसाद चौलागाईंको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । २६ असोजमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा समस्या देखिएपछि १ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।

बनेपा काभ्रेका ३९ वर्षका पुरुषको करुणा अस्पतालमा कात्तिक ९ गते मृत्यु भएको छ ।

रत्ननगर चितवनका ७४ वर्षका पुरुषको शुक्रबार मृत्यु भएको छ । निमोनिया भई कात्तिक ११ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा थाइराइड, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।

विदुर नगरपालिका– नुवाकोटका ७१ वर्षका पुरुषको कात्तिक १३ गते मृत्यु भएको छ । कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएका र कात्तिक ९ गते अस्पताल भर्ना भएका थिए ।

धादिङका ७० वर्षका पुरुषको कात्तिक १३ गते मृत्यु भएको छ । कात्तिक ८ गते कोरोना संक्रमण भई कात्तिक ९ गते अस्पताल भर्ना भएका उनमा निमोनियाको समस्या थियो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए ।

रामेछापका ८१ वर्षका पुरुषको कात्तिक १३ गते मृत्यु भएको छ । कात्तिक २ गते कोरोना संक्रमण भई सोही दिन अस्पताल भर्ना भएका उनमा प्रोस्टेट क्यान्सर र उच्च रक्तचापको समस्या थियो ।

पोखरा महानगरपालिका–१५ कास्कीका ८१ वर्षका वृद्धको होम आइसोलेसनमा मृत्यु भएको छ । कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै रहेका थिए ।

वालिङ नगरपालिका–५ स्याङ्जाकी ७० वर्षकी महिलाको शुक्रबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड –१९ उपचार केन्द्रमा मृत्यु भएको छ । कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भई आईसीयूमा उपचाररत उनमा निमोनियाको समस्या देखिएको थियो ।

बुटवल उपमहानगरपालिका–८ रुपन्देहीका ८४ वर्षका पुरुषको बिहीबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए । उनमा ज्वरो, उच्च रक्तचाप, स्वासप्रश्वासमा समस्या देखिएको थियो ।

बुटवल उपमहानगरपालिका– ८ रुपन्देहीका ५५ वर्षका पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार मृत्यु भएको छ । कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि उनको अस्पतालको आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । उनमा उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या थियो ।

                                                                                                                            अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *