Sajhamanch Archive

मेचीनगरबाट एक लाख मूल्य बराबरको पटाका बरामद

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । भारतबाट अबैध रुपमा ल्याउँदै गरेको एक लाख मूल्य बराबरको पटाका प्रहरीले बरामद गरेको छ ।

मेचीनगर नगरपालिका वडा नं.१५ हेल्दुबारीबाट शुक्रबार साँझ ७:३० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सो पटाका बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा खोर्सानी पटका, जगमग चकलेट, पापर र सुकुमेल गरी एक लाख बराबरको सामान बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *