Sajhamanch Archive

बीपी प्रतिष्ठानमा झापाका संक्रमित पुरुषको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

पहिलेदेखि नै मुटुको समस्याबाट पीडित ती पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा उनी भर्ना भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *