Sajhamanch Archive

बिर्तामोड -१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु गरिएको छ ।

बिर्तामोड नगरपालिका वडा नं.१ का बासिन्दालाई आधारभूत स्वास्थ्य उपचारमा पहुँच पुर्याउने उद्धेश्यले आधारभूत स्वास्थ्य केन्द्रको निर्माण शुरु गरिएको बिर्तामोड नगरपालिका वडा नं.१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले वताए ।

बिर्तामोड नगरपालिका वडा नं.१ का वासिन्दा दानवहादुर राउतले ६० लाख मूल्य बराबरको एक कठ्ठा जग्गा निःशुल्क उपलव्ध गराएपछि सोही जग्गामा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु गरिएको पाण्डेले बताए ।

२७ लाख रुपैयाँको लागतमा निर्माण हुने आधारभूत स्वास्थ्य केन्द्रको भवन एकतले र चारकोठे रहने बताइएको छ । वरपिपल टोल विकास संस्थाको वरपिपल चोक नजिकै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्यको शनिबार शिलान्यास गरिएको हो ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, जग्गादाता दानवहादुर राउतले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्यको शिलान्यास गरेका थिए ।

बिर्तामोड नगरपालिका वडा नं.१ का वडाध्यक्ष पाण्डेको अध्यक्षतामा भएको  कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी रहेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख  शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईंले बिर्तामोड नगरपालिका वडा नं.१ मा निर्माण हुने आधारभूत स्वास्थ्य केन्द्रबाट त्यस क्षेत्रका वासिन्दा लाभान्वित हुने बताए ।

वडासदस्य यमुना आचार्यले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन वडासदस्य कमला महरा दर्जीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *