Sajhamanch Archive

थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २६४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म एक लाख ३१ हजार २२२ जना कोरोनामुक्त भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *