Sajhamanch Archive

काँकडभिट्टाबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

Published: (Updated: ) in समाज by .

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.६ काँकडभिट्टाबाट प्रहरीले ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई शनिबार पक्राउ गरेको छ ।

भारत पश्चिम बंगालको खोरीबारीका २५ वर्षीय सादिक आलम २६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

भारतबाट नेपालतर्फ आउँदै गर्दा प्रहरीले आलमलाई चेकजाँच गरेको थियो । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *