Sajhamanch Archive

चीनले लाखौंलाई लगाइसक्यो कोरोना भ्याक्सिन, तर बोल्न निषेध

Published: in विश्व समाचार, स्वास्थ्य by .

चीनले अहिलेसम्म लाखौं जनतालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन दिएको खुलेको छ। तर कोरोनाविरुद्धको भ्याक्सिन लिएकाहरुलाई त्यहाँको सरकारले यो कुरालाई गोप्य नै राख्न कडा निर्देशन दिएको छ।

चीन सरकारले कयौँ कम्पनीका कर्मचारीलाई भ्याक्सिन लगाएको बारेमा कम्पनीको व्यवस्थापनका अलावा अरुलाई यसबारेमा थाहा भएमा कडा कारवाही गर्ने चेतावनी दिएको छ।

लस एन्जेलस टाइम्सको एक रिपोर्ट अनुसार केही कम्पनीमा काम गर्ने कामदारहरुलाई भ्याक्सिन लगाइएको कुरा गोप्य राख्न भन्दा उनीहरुले आश्चर्य व्यक्त गरेका थिए।

भ्याक्सिन लिइरहेका जनतालाई यसले केही असर गर्‍यो भने के होला भन्‍ने डरले सताएको छ। यस्तोमा हुन सक्ने जोखिमको जिम्मेवारी लिने पक्षबारे उनीहरु अनभिज्ञ रहेका छन्।

चीनमा भ्याक्सिन लिइरहेका मानिसलाई त्यो चाइना नेशनल बायोटेक ग्रुपको भ्याक्सिन भएको बताइएको थियो। यो चीनको सरकारी कम्पनी सिनो फार्मको एउटा हिस्सा हो। सिनो फार्म आफ्नो कोरोना भ्याक्सिनको परीक्षण युएई, पेरू, मोरक्को र कयौँ अन्य देशमा पनि गरिरहेको छ। अहिलेसम्म यस कम्पनीको भ्याक्सिनको तेस्रो चरणको परीक्षण पूरा भइसकेको छैन।

चीनले भ्याक्सिन लिइरहेका नागरिकको निगरानी गरिरहेको छ। तर विभिन्‍न कम्पनीमा काम गरिरहेका कर्मचारीको भने निगरानी हुन नसकेको बताइएको छ।

सेप्टेम्बरमा चाइना नेशनल बायोटेक ग्रुपले क्लिनिकल परीक्षणपछि करिब साढे ३ लाख मानिसलाई उक्त भ्याक्सिन दिइसकिएको जनाएको थियो। चीनमा सबैभन्दा पहिले त्यहाँको जनमुक्ति सेनामा कोरोना भ्याक्सिनको परीक्षण थालेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *