Sajhamanch Archive

स्वास्थ्य जटिल बनेपछि कांग्रेस नेता विश्वकर्मालाई भेन्टिलेरटरमा सारियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस संक्रमणसँगै फोक्सोको निमोनियाका स्वास्थ्य अवस्था थप गम्भीर बनेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ।

कोरोना संक्रमण र निमोनियाका कारण फोक्सोमा गम्भीर असर देखिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको हो। यसअघि आइसीयुमा उपचाररत उनको स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकहरुले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा सारेका हुन्।

नेता विश्वकर्माका सहयोगी आकाश उप्रेतीका अनुसार फोक्सोको निमोनियाको कारणले स्वास्थ्यमा कुनै सुधार नभएपछि भेन्टिलेटरमा सारिएको हो। ‘कोरोना त भइहाल्यो। उहाँको फोक्सोमा निमोनियाको पनि संक्रमण देखियो, उनले भने, ‘आइसियुमा राख्दा खासै सुधार नभएपछि भेन्टिलेटरमा सारिएको हो।’

यस अघि विश्वकर्माको उपचारमा ध्यान दिन कांग्रेसका सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई फोन गरेर ध्यानाकर्षण गराएका थिए।

कांग्रेस नेता विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेका विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिनदेखि अस्पतालमै राखेर उपचार भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *