Sajhamanch Archive

बालगायक आचार्यलाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार by .

भद्रपुर । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार गायक प्रितम आचार्यलाई प्रदान गर्ने भएको छ ।

इटहरीस्थित विश्व–आदर्श एकेडेमीमा कक्षा ७ मा अध्ययनरत ११ वर्षिय प्रितम आचार्यलाई आफ्नो गायनको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा सांगीतिक ख्याति कमाई राष्ट्रको श्रीवृद्धिमा योगदान पुर्याएवापत एकाउन्न हजार एक सय एघार रुपैंयाँ राशिको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार प्रदान गर्ने प्रतिष्ठानले निर्णय गरेको हो ।

पाँच बर्षको कलिलो उमेरदेखि गुनगुनाउन थालेका प्रितमको पहिलो औपचारिक सांगीतिक यात्रा तीनजुरे, एरिना टेलिभिजनद्वारा आयोजित स्कुल आइडल गीत प्रतियोगितामा ६ वर्षको उमेरबाट आरम्भ भएको थियोे । १० वर्षको उमेरमा भारतको जिटिभीद्वारा अन्तर्राष्ट्रियस्तरको सारेगम लिटल च्याम्प्स–२०१९ मा सहभागिता जनाएर प्रितमले आफ्नो सांगीतिक ख्याति अन्तर्राष्ट्रिय जगतमा समेत विस्तार गरेका छन् । प्रतियोगितामा उनले तेस्रो स्थान हासिल गरेका थिए ।

२०७७ वैशाख पहिलो हप्ताभित्र गर्ने भनिएको यो सम्मान तथा पुरस्कार वितरण कार्यक्रम कोभिड १९ का कारण प्रतिष्ठानले सन् २०२० को लागि तय गरेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *