Sajhamanch Archive

कोरोना सं‌क्रमणबाट सशस्त्र प्रहरीका सईको मृत्यु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ ।

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा सई नगेन्द्र खड्काको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालबाट गएको असोज २० गते उनलाई सशस्त्र प्रहरी अस्पताल ल्याइएको थियो । दैलेख घर भएका खड्का अर्घाखाँचीमा कार्यरत थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *