Sajhamanch Archive

सपनामा पनि एमसीसीमा हस्ताक्षर हुँदैन: श्रीलंकाली राष्ट्रपति

Published: (Updated: ) in विश्व समाचार by .

काठमाडौं  । श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले आफ्नो सरकारले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा सपनामा पनि हस्ताक्षर नगर्ने बताएका छन् ।

राजापाक्षेले एक पत्रिकासँग कुरा गर्दै सपनामा समेत एमसीसीमा हस्ताक्षर नगर्ने स्पष्ट पारेका हुन् । ‘सपनामा पनि एमसीसीमा हस्ताक्षर हुने छैन,’ राजापाक्षेले भनेका छन् । राजापाक्षेले हालै भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग सौहार्द्र वार्ता भएको पनि बताएका छन् ।

‘यसअघि अमेरिकी कूटनीतिज्ञहरु भ्रमणमा आउँदा मानवअधिकार उल्लंघनको विषय उठाउँथे । तर, यसपटक यो मुद्दाबारे हामीले अमेरिकालाई सम्झायौं,’ उनले भनेका छन् । राजापाक्षले पम्पेओलाई आफ्नो भूमि अन्य कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने बताएको पनि उल्लेख गरेका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *