Sajhamanch Archive

झापामा थप ७६ जनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । झापामा पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३१ महिला र ४५ जना पुरुष रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा २० महिलासहित ४५ जना, कमलमा ४ महिला र ७ पुरुष गरी ११ जना,मेचीनगरका २ महिला र ४ पुरुष गरी ६ जना, बिर्तामोडका २ महिला र ३ पुरुष गरी ५ जना, गौरादहका १ महिला र २ पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, शिवसताक्षीमा १ महिला र १ पुरुष, कनकाई, अर्जुनधारा र बुद्धशान्तिमा १–१ जना पुरुषमा संक्रमण भएको छ भने बाह्रदशी गाउँपालिकामा एक महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा संक्रमितको संख्या २०९५ पुगेको छन् भने १३०७ जना निको भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *