Sajhamanch Archive

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियामाथि ४-१ को सहज जित निकालेको हो ।

युभेन्ट्सको जितका लागि रोनाल्डोले दुई गोल गर्दा अल्भारो मोराटा र एड्रेएन रबिओटले एक-एक गोल गरे । स्पेजियाका लागि टोमासो पोबेगाले एक गोल फर्काए ।

खेलको १४औं मिनेटमा युभेन्ट्सले अग्रता लिएको थियो । मोरोटाले म्याककेनिएको पासमा गोल गर्दै युभेन्टसलाई १-० को अग्रता दिलाए । ३२औं मिनेटमा टोमासोले बार्टोलोमेइको पासमा गोल गर्दै पहिलो हाफमा खेल १-१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा युभेन्ट्सले थप तीन गोल गर्‍यो । रोनाल्डोले ५९औं मिनेटमा मोरोटाको पासमा गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।

६७औं मिनेटमा चेइसाको पासमा रबिओटले गोल गर्दा खेल ३-१ को स्थितिमा आएको थियो । ७६औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ४-१ को फराकिलो जित दिलाएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *