Sajhamanch Archive

पत्रकार निकाल्ने मिडियाविरुद्ध तिहारअघि महासंघले सशक्त आन्दोलन गर्ने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समितिको आइतबार बसेको बैठकले कोरोना महामारीपछि उत्पन्न श्रमजीवी पत्रकारहरुले भोगिरहेको श्रम समस्या सम्बोधनका लागि भएका आन्दोलनहरुको समीक्षा गरेको छ।

समिति संयोजक रामप्रसाद दाहालको अध्यक्षता र महासंघका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा भएको बैठकमा हालसम्मका आन्दोलन उपलब्धीमूलक देखिएकाले बाँकी समस्या सम्बोधनका लागि थप दबाबमूलक आन्दोलन गर्ने निर्णय गरेको छ।

तिहारअघि नै सञ्चार गृहकेन्द्रित आन्दोलनको मिति र स्वरुप तय गर्न समितिले समस्याग्रस्त सञ्चारगृहमा रहेका महासंघका शाखा तथा पीडित पत्रकारहरुसँग तत्कालै छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष आचार्यले कोभिड–१९ पछि ३३० जना श्रमजीवी पत्रकारको रोजगारी खोसिएको, फोर्स लिभमा राखिएको, तलब कटौती गरिएको लगायतका उजुरी दिएकामा केहीको सम्बोधन भएको १५ जनाको पनि कानुनी लडाइँ जारी रहेको बताए।

समिति सहसंयोजक जन्मदेव जैसीले अब महासंघको आग्रह अटेर गरी श्रमजीवी पत्रकारको जायज माग सम्बोधन नगर्ने सञ्चार गृहहरुमा तिहारअघि नै महासंघले सशक्त आन्दोलन थाल्ने निर्णय भएको जानकारी दिए।

संघर्ष समितिले गरेको आन्दोलनको महासंघले स्वामित्व लिएको छ। त्यसले देशव्यापी राम्रो सन्देश गएको र मालिकहरुले अरु निष्काशन रोकेको र केही सम्बोधन गरेको समीक्षा बैठकले गरेको थियो ।

                                                                                                     थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *