रंगेलीमा प्रसाद खाँदा ४० जना बिरामी
Published:
by .रंगेली । मोरङको रंगेलीमा पूजाको प्रसाद खान पुगेका ४० जनाभन्दा बढी बिरामी परेका छन् । रंगेली नगरपालिका–७ का पिन्टु दत्तको घरमा आयोजना गरिएको पूजामा प्रसाद खाएका ४० जनाभन्दा बढी छिमेकी बिरामी परेका हुन् ।
कोजाग्रत पूर्णिमाको रात बंगाली समुदायले प्रत्येक वर्ष लक्ष्मीपूजा गर्ने र सो रात जाग्राम बस्ने गरेका थिए । १५ शनिबार राति पिन्टुको घरमा आयोजना गरिएको लक्ष्मीपूजामा प्रसाद ग्रहण गरेका आफन्त र छिमेकी बिरामी परेका हुन् । पूजाको प्रसाद ग्रहण गरेको २४ घन्टा नबित्दै झाडापखाला सुरु भएपछि रंगेली अस्पतालसम्म पुगेका छन् ।
पिन्टुको घरका सबै बिरामी परेका छन् । रंगेली अस्पतालमा ३० वर्षीय रमेश शर्मा, १४ वर्षीय बजरंग मण्डल, २२ वर्षीय सरस्वती शर्मा, ३६ वर्षीय मनोज सोनी, २० वर्षीय सन्तोष शर्मा, १५ वर्षीय कृष्ण शर्मा, २८ वर्षीय उमेश शर्मा, ६५ वर्षीय बिनादेवी साह, ४ वर्षीय ग्यानन्द मन्डललगायत उपचाररत छन् ।
रंगेली अस्पतालका मेडिकल अधिकृत स्वेता मण्डलका अनुसार गएरातिदेखि अस्पतालमा झाडापखाला हुने, बान्ता आउने, ज्वरो आउने, पेट दुख्ने बिरामीहरु आएको बताइन् । उनका अनुसार पूजामा प्रसादी खाँदा फुड पोइजन भएको हुन सक्छ । फुड फोइजन भएका बिरामीलाई निको हुन तीन दिनसम्म लाग्ने उनले बताइन् ।
Comments