Sajhamanch Archive

१२ लाख नाघ्यो कोरोनाले मृत्यु हुनेको संख्या

Published: in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ ।

जोन्स हप्किन्सि युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर १२ लाख ५ हजार ८४९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै दुई लाख ३६ हजार भन्दा धेरैको मृत्यु भएको छ भने ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघेको छ ।

त्यस्तै भारतमा एक लाख २२ हजारभन्दा धेरैको मृत्यु हुँदा मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ हजार नाघेको छ ।

त्यस्तै विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या पनि चार करोड ६८ लाख पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित देखिने मुलुकको सूचीमा सबैभन्दा अगाडि रहेको अमेरिकामा संक्रमित संख्या ९२ लाख नाघेको छ ।

भारतमा ८२ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने ब्राजिलमा संक्रमित संख्या ५५ लाख नाघेको छ ।

त्यस्तै रुसमा पनि कोरोना संक्रमितको संख्या १६ लाख नाघेको छ । फ्रान्समा १४ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

अहिलेसम्म विश्वभर तीन करोड १० लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *