दशैँ मनाएर झण्डै १ लाख २५ हजार काठमाण्डौ फर्किए
Published:
by .काठमाण्डौ । दशैँ मनाउन घर गएकाहरुमध्ये अहिलेसम्म १ लाख २५ हजार काठमाण्डौ उपत्यका फर्किएका छन् ।
कात्तिक १२ गतेदेखि आज बिहानसम्म १ लाख २५ हजार मानिस उपत्यका फर्किएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले जानकारी दिए । पछिल्लो एक हप्तामा १ लाख ४ हजार मानिसले भने काठमाण्डौ उपत्यका छोडेका छन् । दशैँको फूलपातीको दिनपछि काठमाण्डौ फर्कनेहरुको सङ्ख्यामा कमी आएको थियो । घटस्थापना सुरु भएपछि आउने भन्दा काठमाण्डौ उपत्यका छोड्ने मानिसको सङ्ख्या बढी थियो ।
सबैभन्दा धेरै फूलपातीको दिन ४८ हजार ९८ जना मानिसले काठमाण्डौ छोडेका थिए । फूलपातीको अघिल्लो दिन कार्तिक ६ गते ३३ हजार ४ सय ४६ जना मानिस उपत्यका बाहिर गएका पनि उनले बताए । यो संख्या गएको वर्षको तुलनामा निक्कै कम हो । कोरोना सङ्क्रमण जोखिमका कारण यसपालि दशैँमा चहलपहल भएन । दशैँ मनाउन घर जानेहरुमध्ये कतिपय भने तिहार मानेर मात्रै काठमाण्डौ फर्कने गरेका छन् ।
Comments