Sajhamanch Archive

थप २९३३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । उनीहरुमध्ये ९८४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३१५० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म १ लाख ३७ हजार ९९२ जना निको भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *