Sajhamanch Archive

राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बुटवल । राजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार रुपन्देहीमा र्‍याली प्रदर्शन गरिएको छ ।

वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै रूपन्देहीमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन भएको हो ।

राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर तिलोत्तमाको मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म र्‍याली निकालिएको हो ।

र्‍यालीमा करिब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ । र्‍यालीपछि ट्राफिकचोकमा भएको कोणसभामा बोल्दै सहभागीहरुले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए ।

उनीहरुले दलको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *