Sajhamanch Archive

भाउजुलाई बलात्कार गरेको आरोपमा देवर पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

सुनसरी । विवाहित एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा धरानमा एक देवर नाता पर्ने युवा पक्राउ परेका छन्। पीडित महिलाकी आफ्नै देवर भने फरार छन्।

पीडित महिलाले उजुरी दिएपछि इलाका प्रहरी कार्यालयले धरान-१५ का २२ वर्षीय युवालाई पक्राउ गरेको हो। ती युवा पीडित भनिएकी महिलाको काका ससुराको छोरा हुन्। पीडितको आफ्नै देवर भने फरार भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।

धरान -१६ निवासी पीडित महिलाका अनुसार शुरुमा उनलाई आफ्नै देवरले जर्बजस्ती करणी गरेका थिए। डर, धम्की दिएको हुनाले आफूले कसैलाई नभनेको पीडितको भनाई छ। उनको एक छोरा र एक छोरी छन्। देवरले काका ससुराको छोरालाई पनि सुनाएपछि उनले पनि आफूलाई जर्बजस्ती गरेको पीडित महिलाको भनाइ छ।

घटनाबारे परिवारले पनि थाह पाएर छलफलसमेत भएको थियो। तर, पीडितकी आमाले परिवारबीचमा घटनालाई मिलाउन नदिई प्रहरीमा जाहेरी दिएपछि प्रहरीले कानुनी कारबाही अघि बढाएको हो ।                                            नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *