Sajhamanch Archive

सांसद एवम् उद्योगी केसीको निधन

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य बहादुर केसीको ६३ वर्षको उमेरमा निधन भएको छ। ​

पोखरास्थित आफ्नै घरमा गएराति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी लामो समययता मधुमेह र रक्तचापको समस्या झेलिरहेका थिए। पहिलो पटक राप्रपाबाट संविधानसभाको सदस्य बनेका केसी तीन वर्ष अघिको प्रतिनिधिसभाको चुनाव अघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए। उनी समानुपातिकबाट सांसद बनेका हुन्।

पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत रहेका केसी नेपालकै सफल उद्योगी पनि हुन्। प्रख्यात रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापारका सफल व्यवसायी केसीले सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान दिँदै आएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *