Sajhamanch Archive

बिर्तामोडमा कोरोनाबाट थप एकजनाको मृत्यु

Published: in स्थानीय तह, स्वास्थ्य by .

विर्तामोड । विर्तामोड नगरपालिका वडा नं. ५ का ६७ वर्षीय ओलीको उपचारका क्रममा मृत्यु भएको छ । गएराति ११ बजे काठमाडौको हेम्स हस्पिटलमा  सनत कुमार ओलीको उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।

बिगत तीन सातादेखि कोरोनाका कारण बिरामी परेका ओलीलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा राखेर उपचार गरिएको थियो। त्यहाँ संभव नभएपछि काठमाडौ. लगिएको हो ।

बुद्धशान्ति गाउँपालिका जयपुर निवासी ओली केही वर्षदेखि बिर्तामोड ५ मा बस्दै आएका थिए । लामो समय शिक्षण सेवामा रहेका ओली आदर्श माध्यमिक विद्यालय जयपुरका पूर्व प्रधानाध्यापक हुन् । उनी ओली बंश समन्वय समितिका केन्द्रीय महासचिव समेत रहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *