Sajhamanch Archive

कोरोनाबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीको निधन

Published: in प्रदेश तह, स्वास्थ्य by .

धरान । कोरोना भाइरस संक्रमणका कारण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक कर्मचारीको ज्यान गएको छ ।

प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय डियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

सप्तरीको महादेवा–६ घर भएका उनको दिशा पातलो हुने, ज्वरो आउनेलगायतका स्वास्थ्य समस्या देखिएपछि सोमबार दिउँसो अस्पतामा भर्ना गरिएको थियो ।

दिउँसो एक्कासी स्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । कुनै रोग नभएका उनलाई मृत्यु पश्चात पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

यसअघि प्रतिष्ठानकै एक महिला कर्मचारीको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *