Sajhamanch Archive

अमेरिकामा ९५ लाख बढीलाई संक्रमण

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएको अमेरिकामा संक्रमितको संख्या ९५ लाख नाघेको छ । एकै दिन ७४ हजार आठ सय ८३ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ९५ लाख ५३ हजार चार सय ४६ पुगेको हो । अमेरिका विश्वमा कोरोनाबाट प्रभावित हुने मुलुकमध्ये पहिलो नम्बरमा छ । अमेरिकामा हालसम्म कोरोनाका कारण दुई लाख ३६ हजार नौ सय आठ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा चार सय ३३ जनाले ज्यान गुमाए । संक्रमितमध्ये ६१ लाख ५२ हजार ९८ जना उपचारपछि घर फर्किएका छन् । ३१ लाख ६४ हजार चार सय ४० जना उपचाररत रहेकोमा १७ हजार तीन सय नौ जनाको अवस्था गम्भीर छ ।कोरोनाबाट प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको मुलुक भारतमा संक्रमित संख्या ८२ लाख ६६ हजार नौ सय १४ पुगेको छ । एकै दिन ३७ हजार पाँच सय ९२ नयाँ बिरामी थपिए । एक लाख २३ हजार एक सय ३९ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा चार सय ९७ जनाको ज्यान गयो ।

संक्रमितमध्ये ७६ लाख एक हजार चार सय २९ जना उपचारपछि निको भएका छन् । पाँच लाख ४२ हजार तीन सय ४६ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिलमा संक्रमित संख्या ५५ लाख ५४ हजार दुई सय छ पुगेको छ । एक लाख ६० हजार दुई सय ५३ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन एक सय ४९ संक्रमितको मृत्यु भयो ।

ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये ४९ लाख ८० हजार नौ सय ४२ जना उपचारपछि घर फर्किएका छन् । चार लाख १३ हजार ११ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

विश्वमा संक्रमित संख्या चार करोड ७५ लाख ८२ हजार तीन सय ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा चार लाख ४१ हजार पाँच सय ९३ जना नयाँ बिरामी थपिए । १२ लाख १० हजार तीन सय ४९ संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन पाँच हजार ३३ जनाले ज्यान गुमाए ।

संक्रमितमध्ये तीन करोड ३९ लाख ८० हजार छ सय ६२ जनाको उपचार सम्भव भएको छ । एक करोड २० लाख ९१ हजार तीन सय ९८ जना उपचाररत रहेकोमा ८६ हजार दुई सय ६९ जनाको अवस्था चिन्ताजनक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *